स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ प्रतियोगिता सुरु, तस्बिरहरू
काठमाडौँ । बौद्धस्थित क्रिम्पान्जी एड्भेन्चर हबमा ‘स्वर्गीय बाबु छिरी शेर्पा ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सुरु भएको छ । बिहीबार सोलु दूध कुण्ड नगरपालिकाका नगर प्रमुख नाम्ङगेल जाङबु शेर्पाले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
_1gaXzWXveB.jpg)
पर्वतीय खेलकुद संघ र सगरमाथा आरोही संघले संयुक्त रूपमा आयोजना गरेको हो। ‘यसको माध्यमबाट साहसिक खेलकुद उद्योगमा सकारात्मक प्रभाव पार्ने तथा सहभागीहरूका कारण नेपालमा खेलकुद आरोहण विकासको अनुभव बढाउने लक्ष्य राखेका छौँ,’ पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाले बताए । यस किसिमको प्रतियोगिताले साहसिक पर्वतीय खेलकुदलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।
_RnrRCyMu0f.jpg)
सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले ‘स्वर्गीय बाबु छिरी शेर्पा’ विश्व कीर्तिमानी आरोही भएको र उनको योगदान स्मरणीय हुनुपर्ने बताइन् । ‘कीर्तिमानी आरोहीलाई बिर्सने क्रम बढेकाले स्मरणयोग्य बनाउन हालसम्म प्रतियोगिताहरू पनि नभएको हुनाले उनको सम्झनामा गर्न लागिएको हो,’ संघकी अध्यक्ष शेर्पाले बताइन् । उनले प्रतियोगिता हरेक वर्ष निरन्तर रूपमा आयोजना गर्ने बताइन् ।
_CuIqiMJw1X.jpg)
यस प्रतियोगितालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्राविधिक सहयोग (रुट सेटिङ, जजिङ, सुरक्षा, र बेले सर्भिस) प्रदान गरेको छ । उक्त प्रतियोगितामा पुरुष र महिलाहरूबिच छुट्टाछुट्टै प्रतिस्पर्धा आयोजना हुँदैछ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद पुरस्कार पचास हजार, तीस हजार र पन्ध्र हजार प्रदान गरिने छ । स्व. बाबु छिरी शेर्पालाई अहिलेसम्मकै महान् पर्वतारोही मानिन्छ ।
_NSIMCe0cNc.jpg)
१० औँ पटक सगरमाथा शिखर चुमेका (चार पटक चीन तर्फबाट सहित) बाबु छिरी शेर्पा हिमालका सबैभन्दा बलिया आरोही एवं विश्वका प्रसिद्ध पर्वतारोहीका रूपमा चिनिन्छन् । वसन्त ऋतुमा अक्सिजन बिना सगरमाथा शिखरमा २१ घण्टा भन्दा बढी समय बिताए (अझै पनि रेकर्ड कायम नै रहेको) र १६ घण्टा ५६ मिनेटमा दक्षिण तर्फबाट सगरमाथा छिटो आरोहण गरी उनले सगरमाथामा दुई विश्व कीर्तिमान राख्न सफल भएका थिए । सन् २००१ अप्रिल २९ तारिखका दिन सगरमाथा ११ औँ पटक आरोहण गर्ने प्रयास गर्दा दुर्भाग्यवस् उनको निधन भएको थियो ।
_C4Hysl49LR.jpg)
_B12zrirmOF.jpg)
_AKGEaLTVlJ.jpg)
_LmFVfNmFCc.jpg)
_iOMWqu6A1R.jpg)
_9RG5EcVNBI.jpg)
_n8PsklUcP0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
-
रास्वपाको सभापति निर्वाचनमा ५० प्लस १ को व्यवस्था संशोधन
-
शून्य समयमा सरकारमाथि सांसदको प्रहार
-
ट्रम्पको हस्तक्षेपपछि फिफा विश्वकपमा राजनीतिक आँधी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण