बेलायतले विदेशी सरकारलाई घरेलु पत्रिकाको स्वामित्व निषेध गर्ने
लन्डन । बेलायतले स्थानीय पत्रपत्रिकाहरू किन्नबाट विदेशी सरकारलाई रोक लगाउने भएको छ । द टेलिग्राफ र स्पेक्टर संयुक्त अरब इमिरेट्स (यूएई) समर्थित लगानी कम्पनी रेडबर्ड आईएमआई किन्ने प्रस्ताव आएपछि यसको निकै आलोचना भएको थियो । त्यसैको प्रतिक्रियामा सरकारले यस्ता पहल गर्न लागेको हो ।
प्रस्तावित विधेयकले छापा माध्यमलाई स्वतन्त्र राख्नेतर्फ थप सुरक्षा दिने बेलायत सरकारको भनाई छ । आजको घटनाक्रमले आफूहरु निकै दुखी बनेको रेडबर्ड आईएमआईका प्रवक्ताले भनेका छन् । पछिल्लो समय यस मामिलामा बेलायत सरकारमाथि दबाब बढिरहेको छ ।
प्रस्तावित विधेयकले पत्रिका वा न्यूज म्यागजिनमा विदेशी सरकारको स्वामित्व, प्रभाव वा नियन्त्रण अस्वीकार गर्ने बताइएको छ । रेडबर्ड आईएमआईले डेली र सन्डे टेलिग्राफ किन्न जोड दिइरहेकै समयमा यो खबर आएको छ । यो कोषमा यूएईका डेपुटी प्रधानमन्त्री तथा उप राष्ट्रपति शेख मन्सुरको ७५ प्रतिशत स्वामित्व रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण