सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतले विदेशी सरकारलाई घरेलु पत्रिकाको स्वामित्व निषेध गर्ने

बिहीबार, ०१ चैत २०८०, १२ : २१
बिहीबार, ०१ चैत २०८०

लन्डन । बेलायतले स्थानीय पत्रपत्रिकाहरू किन्नबाट विदेशी सरकारलाई रोक लगाउने भएको छ । द टेलिग्राफ र स्पेक्टर संयुक्त अरब इमिरेट्स (यूएई) समर्थित लगानी कम्पनी रेडबर्ड आईएमआई किन्ने प्रस्ताव आएपछि यसको निकै आलोचना भएको थियो । त्यसैको प्रतिक्रियामा सरकारले यस्ता पहल गर्न लागेको हो ।

प्रस्तावित विधेयकले छापा माध्यमलाई स्वतन्त्र राख्नेतर्फ थप सुरक्षा दिने बेलायत सरकारको भनाई छ । आजको घटनाक्रमले आफूहरु निकै दुखी बनेको रेडबर्ड आईएमआईका प्रवक्ताले भनेका छन् । पछिल्लो समय यस मामिलामा बेलायत सरकारमाथि दबाब बढिरहेको छ ।

प्रस्तावित विधेयकले पत्रिका वा न्यूज म्यागजिनमा विदेशी सरकारको स्वामित्व, प्रभाव वा नियन्त्रण अस्वीकार गर्ने बताइएको छ । रेडबर्ड आईएमआईले डेली र सन्डे टेलिग्राफ किन्न जोड दिइरहेकै समयमा यो खबर आएको छ । यो कोषमा यूएईका डेपुटी प्रधानमन्त्री तथा उप राष्ट्रपति  शेख मन्सुरको ७५ प्रतिशत स्वामित्व रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप