एक महिनामा पाथीभरामा करिब १८ हजार भक्तजन
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा फागुनमा रु ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम सङ्कलन भएको छ । सङ्कलन भएको नगद समितिको नाममा रहेका विभिन्न बैंकमा जम्मा गरेर विवरण सार्वजनिक गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।
गत महिनामा मन्दिरमा करिब १८ हजार भक्तजनले पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार फागुनमा आन्तरिक तथा बाह्य गरी १७ हजार नौ सय १२ तीर्थयात्री पाथीभरा पुगेर पूजापाठ गरेका छन् । समितिको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका थिए ।
फागुनसमेत गरी एक लाख १६ हजार दुई सय १२ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले जनाएको छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ ।
वर्षाको समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्लेपाटीसम्म यातायातका साधन सहज पुग्ने गर्दछन् । काफ्लेपाटीबाट पाँच किलोमिटर पदर्मागको प्रयोग गरेर पाथीभरा पुग्न सकिन्छ । पाथीभरामा हेलिकप्टरमार्फत मन्दिर परिसरमै पुगिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पटक प्रतिनिधिसभा बैठक स्थगित, साढे ४ बजे बस्ने
-
४५.६९ अंकले नेप्से बढ्दा ५ अर्ब २५ करोडको कारोबार
-
पर्साका नाका १० जेठदेखि ४८ घण्टा बन्द हुने
-
प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र
-
सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै
-
राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित