सवारी दुर्घटनामा २ जनाको मृत्यु
बिहीबार, ०१ चैत २०८०, १२ : ३९
काठमाडौँ । सिरहा र कैलालीमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सिरहाको नरहा गाउँपालिका-५ स्थित सडकमा अन टेस्ट लेखिएको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक विष्णुपुर गाउँपालिका-१ बस्ने २१ वर्षीय अरुण यादवको घटनास्थलमै मृत्यु भएको हो ।
यता कैलाली, गोदावरी नगरपालिका-१ स्थित सडकमा से.१ च १५३९ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीय वासुदेव खरेलको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण