यो समीकरण हामीले बनाएको हो, चीनले होइन : ओली
कञ्चनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक समीकरण कच्चा नभएको दाबी गरेका छन् । बिहीबार एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपालीहरूले बनाएको समीकरण भएकाले कच्चा नभएको दाबी गरेका हुन् ।
‘अहिलेको समीकरण कच्चा छैन । यसलाई टिकाउने हो । यो समीकरण हामीले बनाएका हौँ। नेपालीले बनाएको हो’, ओलीको भनाइ छ । साथै उनले नेपाली कांग्रेसले यो समीकरणलाई चीनले बनाएको भनेर प्रचारबाजी गरिरहेको भन्दै त्यस्तो झुटो प्रचार नगर्न आग्रह गरे ।
‘कोहीले यो समीकरण चीनले बनाइदिएको हो भनेर अपमान गर्ने काम गरिरहेका छन् । म त्यसो भनेर चीनको अपमान नर्ग आग्रह गर्छु’, कांग्रेसप्रति लक्षित गर्दै ओलीले भने । त्यसक्रममा अध्यक्ष ओलीले मुलुकको परिस्थिति फेरिएको भन्दै नयाँ परिस्थितिमा आत्मविश्वास र दृढताका साथ अघि बढ्न एमाले नेता कार्यकर्ताहरूलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण