बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

यो समीकरण हामीले बनाएको हो, चीनले होइन : ओली

बिहीबार, ०१ चैत २०८०, १७ : ०६
बिहीबार, ०१ चैत २०८०

कञ्चनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक समीकरण कच्चा नभएको दाबी गरेका छन् । बिहीबार एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपालीहरूले बनाएको समीकरण भएकाले कच्चा नभएको दाबी गरेका हुन् । 

‘अहिलेको समीकरण कच्चा छैन । यसलाई टिकाउने हो । यो समीकरण हामीले बनाएका हौँ। नेपालीले बनाएको हो’, ओलीको भनाइ छ । साथै उनले नेपाली कांग्रेसले यो समीकरणलाई चीनले बनाएको भनेर प्रचारबाजी गरिरहेको भन्दै त्यस्तो झुटो प्रचार नगर्न आग्रह गरे । 

‘कोहीले यो समीकरण चीनले बनाइदिएको हो भनेर अपमान गर्ने काम गरिरहेका छन् । म त्यसो भनेर चीनको अपमान नर्ग आग्रह गर्छु’, कांग्रेसप्रति लक्षित गर्दै ओलीले भने । त्यसक्रममा अध्यक्ष ओलीले मुलुकको परिस्थिति फेरिएको भन्दै नयाँ परिस्थितिमा  आत्मविश्वास र दृढताका साथ अघि बढ्न एमाले नेता कार्यकर्ताहरूलाई निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप