आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा ट्याक्टर दुर्घटना हुँदा १६ जना घाइते

बिहीबार, ०१ चैत २०८०, २१ : १२
बिहीबार, ०१ चैत २०८०

बुटवल । रुपन्देहीमा ट्याक्टर दुर्घटना भएको छ । रुपन्देहीको कोटहीमाइ गाउँपालिका–५ दुइमुहानमा ट्याक्टर दुर्घटना भएको हो । 

दुर्घटनामा २६ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार कोटहीमाइ गाउँपालिका– ७ मा हुन लागेको श्रीमत भागवनको लागि जल लिन गएको लु१त ५५४७ नं ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा सवित्रा यादव र उर्मिला यादव रहेको प्रहरीले जनाएको छ । ट्याक्टरका चालक फरार भएकाले  खोजी कार्य जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप