सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रामेछापको टार सिमन्तीमा आगलागी, १४ घर जले

बिहीबार, ०१ चैत २०८०, २१ : ३९
बिहीबार, ०१ चैत २०८०

मन्थली । रामेछाप नगरपालिका– ९ को टार सिमन्ती भन्ने ठाउँमा आगलागी हुँदा १४ घर र १२ गोठ  जलेरका छन् । आगलागीमा परी ६० भन्दा बढी बाख्रा र छ वटा गाईभैँसी मरेका छन् ।  नेवार र तामाङ समुदायको बसोबास रहेको उक्त स्थानमा जङ्गलमा लागेको डढेलोका कारण आगलागी भएको स्थानीयले बताएका छन् । 

आगलागीको खबर प्राप्त हुनासाथ रामेछाप नगरपालिकाका  प्रमुख लवश्री न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली  आगो निभाउन घटनास्थल पुगेको थियो । अहिले आगो निभाइएको छ ।  क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको  प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए ।

आगलागीबाट घरसँगै लत्ताकपडा र  खाद्यान्नसहित सम्पूर्ण धनमाल जलेको छ । अग्निपीडितलाई स्थानीय विद्यालयमा अस्थायी बसोबासको व्यवस्था गरिएको नगर प्रमुख लवश्री न्यौपानेले जानकारी दिए ।  उनीहरूलाई नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक सङ्घसंस्थाको समन्वयमा राहत सामग्री प्रदान गरिने उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप