एमाले अध्यक्ष ओलीलाई कञ्चनपुरमा नागरिक अभिनन्दन
दोधारा चाँदनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कञ्चनपुरमा नागरिक अभिनन्दन गरिएको छ । आज एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न महेन्द्रनगर आएका अध्यक्ष ओलीलाई कञ्चनपुर उद्योग वाणिज्य सङ्घले नागरिक अभिनन्दन गरेको हो ।
महेन्द्रनगरस्थित खुलामञ्चमा जारी कञ्चनपुर पर्यटन महोत्सव एवं सुदूरपश्चिम औद्योगिक व्यापार मेलाको समापन समारोहमा उद्योग वाणिज्य सङ्घले १५ किलोको माला लगाएर उनलाई नागरिक अभिनन्दन गरेको हो । मेलाको १५ औँ संस्करण भएकाले अध्यक्ष ओलीलाई १५ किलोको मालासहित अभिनन्दन गरिएको सङ्घले जनाएको छ ।
सो अवसरमा अध्यक्ष ओलीले नयाँ सरकार बनेसँगै सुदूरपश्चिममा विकास निर्माणले तीव्रता पाउने बताए । “देश बनाउने अभिभारा नेकपा एमालेको काँधमा छ”, उनले भने, “हाम्रो नीतिअनुसार सुदूरपश्चिमको विकासलाई अगाडि बढाउँछौँ । तीन वर्षमा म प्रधानमन्त्री हुँदा सुरु गरेका यहाँका सबै कामले अब निरन्तरता पाउँछन् ।”
अध्यक्ष ओलीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह, दैजीछेला औद्योगिक क्षेत्र निर्माणले गति लिने बताए । आजै उनले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह र महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको स्थलगत निरीक्षण गरेका थिए ।
सङ्घले मेलाको उद्घाटन समारोहमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई १५ किलोको माला लगाइदिएर सम्मान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण