सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ टुङ्ग्याउँदै गठबन्धन कार्यदल
काठमाडौँ । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि कार्यदलमा रहेका नेताहरूबिच आज पनि छलफल हुँदै छ । कार्यदलले आजै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएर गठबन्धनका शीर्ष नेताहरूसमझ छलफलका लागि प्रस्तुत गर्ने तयारी छ ।
कार्यदलले साझा न्यूनतम कार्यक्रमको मस्यौदा पहिल्यै तयार गरिसकेको छ । त्यसबारे आवश्यक थप छलफल गरी टुङ्ग्याउने तयारी रहेको जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता एवम् कार्यदलका सदस्य मनिष सुमनले जानकारी दिए ।
उनका अनुसार बिहीबारै कार्यदलको बैठक बस्ने तयारी थियो । तर बिहीबार अर्थमन्त्री वर्षमान पुन व्यस्त भएपछि बैठक बस्न सकेको थिएन । त्यही मस्यौदामाथि शुक्रबार बिहान अर्थ मन्त्रालयमा बैठक बस्ने तयारी रहेको नेता सुमनले बताए ।
कार्यदलले मस्यौदालाई अन्तिम रूप दिए लगत्तै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण