आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
संसद् बैठक

कांग्रेसको नाराबाजीपछि संसद् बैठक आइतबारसम्म स्थगित

शुक्रबार, ०२ चैत २०८०, २२ : ४३
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक पनि स्थगित भएको छ ।

दोस्रो बैठक सुरु भएसँगै सभामुखले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० प्रस्तुत गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई अनुमति दिएपछि कांग्रेस सांसद्हरु नाराबाजीमा उत्रेका थिए ।

केही बेरको नाराबाजी पछि सभामुखले बैठकको कार्यसूची हटाइएको जानकारी दिँदै बैठक स्थगन गरेका हुन् । अर्को बैठक यही चैत ४ गते (आइतबार) बिहान ११ बजे बस्ने सभामुखले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप