पोखरामा लागुऔषध पुनर्स्थापना केन्द्रहरूबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता
काठमाडौँ । कास्कीको पोखरामा अन्तर लागुऔषध पुनर्स्थापना केन्द्र स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्रको आयोजनामा पोखरा महानगरपालिका–९ स्थित शान्तिबनमा शुक्रबार मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु भएको हो । खेलमा लागुऔषधको उपचार गराइरहेका युवाहरू सहभागी छन् ।
कास्की जिल्लामा सञ्चालित १० वटा लागुऔषध पुनर्स्थापना केन्द्रहरूको समन्वयमा सुरु प्रतियोगितामा न्यू भिजन लागुऔषध उपचार तथा पुनर्स्थापना केन्द्र, मानव संरक्षण लागुऔषध उपचार तथा पुनर्स्थापना केन्द्र, नौलो घुम्ती लागुऔषध उपचार तथा पुनर्स्थापना केन्द्र, गेटवे फाउण्डेशन लागुऔषध उपचार तथा पुनर्स्थापना केन्द्र, सेरेनिटि हाउस लागुऔषध तथा मद्यपान उपचार केन्द्र, पिएसजी लागुऔषध उपचार तथा पुनर्स्थापना केन्द्र, सिएसजी लागुऔषध उपचार तथा पुनर्स्थापना केन्द्र र नव जीवन नेपाल लागुऔषध उपचार तथा पुनर्स्थापना केन्द्रबाट टिम ए र टिम बि सहभागी छन् ।
हाम्रो परिवार नेपाल लागुऔषध उपचार तथा पुनर्स्थापना केन्द्र, रिचमण्ड फेलोसिट लागुऔषध उपचार तथा पुनर्स्थापना केन्द्रको टिम सहभागी रहेको छ । खेल शनिबार पनि सञ्चालन हुनेछ । खेलमार्फत उनीहरूलाई उत्प्रेरित गर्नका लागि प्रतियोगिता आयोजना गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।
अन्तर लागुऔषध पुनर्स्थापना केन्द्र स्तरीय भलिबल प्रतियोगिता नेपालमा पहिलोपटक भएको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण