कांग्रेसले भन्यो– संसद् अवरोध सरकारले जबाफदेहिता नदेखाउँदाको परिणाम
शुक्रबार, ०२ चैत २०८०, १८ : ०८

काठमाडौँ । नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले सरकार सांसदहरूले उठाएको प्रश्नको जवाफ नदिईकन जबरजस्ती अघि बढेकाले संसद् अवरोध गर्नु परेको बताएकी छन् ।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उपप्रधान एवं गृहमन्त्रीविरुद्ध उजुरी परेको र छानबिन भइरहेको अवस्थामा प्रधानमन्त्रीसँग उनको नियुक्तिबारे जवाफ माग्दा सरकार पक्ष जबरजस्ती अघि बढेको बताइन् । उनले संसद् अवरोधलाई सरकारले जबाफदेहिता नदेखाउँदाको परिणामका रुपमा लिनुपर्ने बताइन् ।
कांग्रेस लोकतान्त्रिक अभ्यासबाट नै अघि बढेको उनले बताइन् । भ्रष्टाचार र अनियमिततासम्बन्धी फाइलहरू सबै खोल्नुपर्ने र अपराधमा संलग्नहरूलाई कारबाही हुनुपर्ने बताइन् । उनले अनियमितताका सबै फाइल खोल्न सबै राजनीतिक दल तयार हो ? भन्दै प्रश्नसमेत गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन