कांग्रेसले भन्यो– संसद् अवरोध सरकारले जबाफदेहिता नदेखाउँदाको परिणाम
शुक्रबार, ०२ चैत २०८०, १८ : ०८
काठमाडौँ । नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले सरकार सांसदहरूले उठाएको प्रश्नको जवाफ नदिईकन जबरजस्ती अघि बढेकाले संसद् अवरोध गर्नु परेको बताएकी छन् ।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उपप्रधान एवं गृहमन्त्रीविरुद्ध उजुरी परेको र छानबिन भइरहेको अवस्थामा प्रधानमन्त्रीसँग उनको नियुक्तिबारे जवाफ माग्दा सरकार पक्ष जबरजस्ती अघि बढेको बताइन् । उनले संसद् अवरोधलाई सरकारले जबाफदेहिता नदेखाउँदाको परिणामका रुपमा लिनुपर्ने बताइन् ।
कांग्रेस लोकतान्त्रिक अभ्यासबाट नै अघि बढेको उनले बताइन् । भ्रष्टाचार र अनियमिततासम्बन्धी फाइलहरू सबै खोल्नुपर्ने र अपराधमा संलग्नहरूलाई कारबाही हुनुपर्ने बताइन् । उनले अनियमितताका सबै फाइल खोल्न सबै राजनीतिक दल तयार हो ? भन्दै प्रश्नसमेत गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण