कविता
बा
शनिबार, ०३ चैत २०८०, १० : २५
सानो हुँदा वाले केही गरेनन् लाग्थ्यो,
मेरा सपनामा छेकबार गरे लाग्थ्यो,
वाको त्यो मैलो कमिज,
ठाउँठाउँमा टालेका पाइन्ट,
चुहिएको त्यो पाइन्टको गोजी,
मेरो भविष्यको लागि खेदिदा खेदिदा,
पटपटी फुटेका ती पैताला,
ठेला उठेका ती हात,
पीडा लुकाएर मेरा लागी,
देखाएको त्यो मुस्कान,
आफ्नाले नै लगाएका ती वचन,
पटक पटक गरेका तिरस्कार,
कसरी सहे होलान् ?
आफ्ना जीवनका ती उर्वर दिनहरूमा,
त्यसैले,
सुख र खुसी के हो?
त्याग र समर्पण के हो?
वाको आँखाको आँसुको मोल के हो?
आज बुझ्दैछु,
जब जिम्मेवारीले,
आफ्नो थाप्लो मा च्याप्न लाग्यो,
यति छिटो गल्दैछु म ,
तर वा कैले गलेनन् ,
न त कैलै हार माने वा ले ,
र त आज सोच्दैछु ,
वा हुनु त्यति सजिलो रहेनछ,
वा ले कसरी सकेका रहेछन्,
सयौँ पीडा सहेर पनि ,
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण