सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हत्या गरेको अभियोगमा युवक पक्राउ

शनिबार, ०३ चैत २०८०, १६ : ४२
शनिबार, ०३ चैत २०८०

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका-२ तल्लो ज्यामिरे बस्ने २९ वर्षीय रविन चामङलिङ राईको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय सङचिल राई रहेका छन् ।

आपसी विवादको क्रममा सङचिलले धारिलो हतियार खुकुरी प्रहार गर्दा रविन गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुपुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते रविनको जिल्ला अस्पताल सङ्खुवासभा हुँदै घोपा धरानमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप