शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मुलुक भयावह अवस्थामा पुगेको छ : पूर्वप्रधानन्यायाधीश कार्की

शनिबार, ०३ चैत २०८०, १७ : ५२
शनिबार, ०३ चैत २०८०

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुक भयावह अवस्थामा पुगेको टिप्पणी गरेकी छन् । राजनीतिक उत्तरचढावका कारण मुलुकको अवस्था भयावह बन्न गएको उनको बुझाई थियो । 

शनिबार भक्तपुरमा आयोजित ‘मान्छे मर्ने तलाउ’ नामक कविता सङ्ग्रहको लोकार्पण गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले समाजमा त्रुटिहरूले जरा गाडेको समेत चित्रण गरिन् । उनले सो कविता सङ्ग्रहले राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएका त्रुटिहरूलाई औँल्याउने काम गरेको पनि बताइन् । 

पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘कविता पनि समयसापेक्ष नै हुन्छ । मान्छेले जे देख्छ, त्यो न लेख्छ । यसमा धेरै अहिलेको यो राजनीतिक सिच्युएसनमा जुन उचनिच आइराखेको छ नि । त्यसमा केन्द्रित छ यो बढी । त्यसलाई फोकस गरिएको छ । मुलुकको जुन भयावह अवस्था छ । त्यसलाई फोकस गरेको छ । समाजमा आएको त्रुटिहरू जुन छन्, समाजमा देखापरेको जुन किसिमको वातावरण छ । त्यसमा लक्षित छ । रीतिरिवाजका कुराहरूमा लक्षित गरिएको छ । ९० वटा कवितामा उहाँले देखे जति कुराहरू छन् । सबैलाई लयमा राखेर यो कविता सङ्ग्रह तयार गरिएको छ । उहाँको यो रचना मलाई साह्रै राम्रो लाग्यो । आज मलाई एउटा छुट्टै अनुभव भयो । जहिले पनि हामी कानुन र त्यस्तै त्यस्तै विषयमा भाग लिन्थ्यौँ । तर आज एउटा छुट्टै अनुभव भयो । यो पनि एउटा विधा हो । 

पूर्वप्रधानन्यायाधीश कार्कीले कविता समय सापेक्ष हुनुपर्ने पनि बताइन् । उनले भनिन्, ‘वास्तवमा कविताको पनि एउटा हिस्ट्री हुन्छ । कवितामा पनि इतिहास हुन्छ । संसारमा हिटलरले गरेको ज्यादती, मुसोलिनीले गरेको ज्यादती यी जति पनि संसारका तानासाहहरूको ज्यादतीहरू कविता पनि आएका छन् । त्यसैले कविता इतिहास पनि हुन्छ । समय सापेक्ष कुरालाई पनि यसले बोलेको हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप