एनभिए महिला तथा पुरुष भलिबलमा आर्मी विजयी
काठमाडौँ । त्रिभुवन आर्मी क्लबले आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ सुखद् सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि शुरु भएको च्याम्पिनसिपमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सुखद् शुरुवात गरेको हो ।
गण्डकीले पहिलो सेटमा विभागीय प्रतिद्वन्द्वीलाई चुनौती दियो । तर त्यसपछि भने कमजोर प्रदर्शन गर्यो । आर्मीले पहिलो सेट २९–२७ ले संघर्षपूर्ण रूपमा आफ्नो पक्षमा पारेको थियो । त्यसपछि भने आर्मीले २५–१९ र २५– १७ ले आफ्नो बनाउँदैे सुखद नतिजा निकाल्यो । अर्को विभागीय टोली नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ ।
पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले खेल २५–९, २५–१३, २५–१३ ले आफ्नो पक्षमा पारेको हो । पुरुषमा नै कोशी प्रदेशले ढोरपाटन भलिबल क्लवलाई ३–१ को सेटमा हरायो । यस क्रममा कोशीले उत्कृष्ट पुनरागमन गर्यो ।
पहिलो सेट कोशीले २५–२३ ले गुमाएको थियो । त्यस पछिका तीन सेट भने कोशीले क्रमशः २५–२०, २५–१८, २५–१९ ले आफ्नो पक्षमा पार्दै सुखद् शुरुवात गर्यो । च्याम्पियनसिपमा पुरुषतर्पm १३ टोलीले प्रतिष्पर्धा गरेका छन् । यी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनल यात्रा यात्रा तय गर्नेछन् । एभरेष्ट भलिबल क्लबले जित निकाल्यो । एभरेष्टले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । एभरेस्टले कर्णालीलाई २५–१२, २५–७ र २५–११ ले सहजै हरायो । महिलामा कुल सात टोलीले प्रतिष्पर्धा गरिरहेका छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण