सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा सवारी दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु, ४ जना घाइते

आइतबार, ०४ चैत २०८०, ०९ : ००
आइतबार, ०४ चैत २०८०

चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकको जलबिरेमा गएराति पौने तीन बजे तिर बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रौतहटबाट गौर जाँदै गरेका भारतको मोतिहारीका ३५ वर्षीय गौरी दासको मृत्यु भएको हो । उनी ग १ ख ८५२४ नम्बरको बसमा सवारी थिए ।

सो बसले इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेमा सडक किनारमा रोकी राखेको ना ६ ख ३५८० नम्बरको ट्रकसँग जुधेको थियो । 

दुर्घटनापछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा दासको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप