सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा एयरपोर्टको ऋण अनुदानमा बदल्न लागिरहेको छु : प्रचण्ड

आइतबार, ०४ चैत २०८०, ०९ : ४६
आइतबार, ०४ चैत २०८०

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा बदल्न प्रयास भइरहेको बताएका छन् । नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकारिता सम्मान अर्पण गर्ने कार्यक्रममा उनले सबै ऋणलाई अनुदानमा बदल्ने बताए । 

'२५ प्रतिशत मात्र होइन सम्पूर्ण ऋणलाई अनुदानमा परिमार्जन गर्न मेरो ध्यान  छ । त्यो सम्भावना देखेको छु,' उनले भने, 'अहिलेलाई यत्ति भनेँ ।' उनले पोखराबाट नियमित उडानका लागि पनि विशेष पहल गरिरहेको सुनाए ।

'चीन भ्रमणमा समझदारी बनेको छ । यहाँबाट छिटै नियमित उडान हुनेछ,'  उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप