म राष्ट्रपति भइन भने रक्तपात हुनेछ: डोनाल्ड ट्रम्प
वाशिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘रिम्याच’ हुँदै छ । यसैबीच शनिबार ट्रम्पले एक र्यालीमा निर्वाचनमा आफूले जितिन भने देशमा ‘रक्तपात’ हुने चेतावनी दिएका छन् । ओहायोको डेटनमा एक र्यालीमा सम्बोधन गर्दै क्रममा ट्रम्पले यस्तो भनेका हुन् । ‘यदि अहिले मैले चुनावमा जितिन भने यहाँ रक्तपात हुनेछ । कम्तीमा यही हुनेछ । रक्तपात देशका लागि हुन लागेको छ ।’ उनले भने ।
तर अहिलेसम्म ट्रम्पको यो भनाइको आशय के हो भन्ने स्पष्ट भएको छैन । यो चेतावनी दिइरहेको समयमा उनले अटो उद्योगबारे गुनासो गरिरहेका थिए । भीडलाई सम्बोधन गर्दै ट्रम्पले आफू पुनः निर्वाचित भए चीनबाट अमेरिकामा आयात गरिएका कुनै पनि गाडी बेच्न नसक्ने बताएका थिए ।
बाइडेन विरुद्ध अभिव्यक्ति
अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदै छ । यस्तो अवस्थामा ट्रम्पले चुनावअघि अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध कटु अभिव्यक्ति दिइरहेका छन् । अमेरिकी संसदमा सन् २०२१ को जनवरी ६ मा भएको दंगासम्बन्धी मामिलामा जेलमा परेका मानिसहरूलाई बन्धक बनाएको सन्दर्भ समेत ट्रम्पले कोट्याएका थिए । यसैबीच बाइडेनले पनि जनवरी ६ का घटनाक्रमलाई आफ्नो भाषणमा उठाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोंगबुमा अलपत्र परेका सुकुमबासीलाई बास दिने मनकारी पाण्डे
-
लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरण : डीएसपी तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन
-
अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध
-
बहसपत्रको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै प्रक्रियाबाट हट्ने चार दलको चेतावनी (पत्रसहित)
-
थोरै पानी पर्दा पनि किन जलमग्न हुन्छ काठमाडौँ ?
-
राहदानी भ्रष्टाचार नियत कि नीतिगत ? फाइल हेरौँ: रास्वपा सांसद सुनार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण