हाम्रो नेपाली पार्टीले बागमती सरकारमा सके आफैँले नेतृत्व गर्ने, अरुलाई समर्थन नगर्ने
मकवानपुर । बागमती प्रदेशसभामा एमाले–माओवादीसहितको गठबन्धनलाई बहुमत जुटाउन निर्णायक मानिएको ‘हाम्रो नेपाली पार्टी’ले सरकारको नेतृत्वमा दाबी गरेको छ । चैत ३ र ४ गते बसेको केन्द्रीय कमिटीको बैठकले बागमती प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको सो पार्टीका प्रवक्ता डिल्लिश्वोर कार्की (रोहन) ले जनाएका छन् ।
लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न बागमती प्रदेश सरकारको नेतृत्व गर्न आफ्नो पार्टी तयार रहेको पनि प्रवक्ता कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘नो नट अगेन भनेकाहरुलाई नै काँध हालेर अर्को त्यस्तै प्रवृत्तिलाई बागमती प्रदेश सरकारको शिरमा राख्न हामी हाम्रो काँध प्रयोग हुन दिने छैनौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर लोकतान्त्रिक र नयाँ चरित्रका रुपमा हामीलाई नेतृत्व दिएर सुशासन र पारदर्शीतासहितको नयाँ बाटो हिँड्न चाहेमा हामी सबै पार्टीसँग सहकार्य गरेर प्रदेश सरकारको नेतृत्वदायी भूमिका अपनाउन सक्षम छौँ ।’
हाम्रो नेपाली पार्टीको यस्तो निर्णयले सत्ता गठबन्धनलाई चुनौती थपिएको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ । सत्ता गठबन्धनमा रहेका एमालेको २७, माओवादी केन्द्रको २१ र नेकपा एकीकृत समाजवादीको ७ गरी जम्मा ५५ सांसदमात्र हुन्छन् ।
बहुमतका लागि यो गठबन्धनलाई हाम्रो नेपाली पार्टी, नेमकिपा वा राप्रपामध्ये कुनै एक दलले समर्थन गर्न आवश्यक हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण