सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

हाम्रो नेपाली पार्टीले बागमती सरकारमा सके आफैँले नेतृत्व गर्ने, अरुलाई समर्थन नगर्ने

आइतबार, ०४ चैत २०८०, १३ : ३७
आइतबार, ०४ चैत २०८०

मकवानपुर । बागमती प्रदेशसभामा एमाले–माओवादीसहितको गठबन्धनलाई बहुमत जुटाउन निर्णायक मानिएको ‘हाम्रो नेपाली पार्टी’ले सरकारको नेतृत्वमा दाबी गरेको छ । चैत ३ र ४ गते बसेको केन्द्रीय कमिटीको बैठकले बागमती प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको सो पार्टीका प्रवक्ता डिल्लिश्वोर कार्की (रोहन) ले जनाएका छन् ।

लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न बागमती प्रदेश सरकारको नेतृत्व गर्न आफ्नो पार्टी तयार रहेको पनि प्रवक्ता कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘नो नट अगेन भनेकाहरुलाई नै काँध हालेर अर्को त्यस्तै प्रवृत्तिलाई बागमती प्रदेश सरकारको शिरमा राख्न हामी हाम्रो काँध प्रयोग हुन दिने छैनौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर लोकतान्त्रिक र नयाँ चरित्रका रुपमा हामीलाई नेतृत्व दिएर सुशासन र पारदर्शीतासहितको नयाँ बाटो हिँड्न चाहेमा हामी सबै पार्टीसँग सहकार्य गरेर प्रदेश सरकारको नेतृत्वदायी भूमिका अपनाउन सक्षम छौँ ।’

हाम्रो नेपाली पार्टीको यस्तो निर्णयले सत्ता गठबन्धनलाई चुनौती थपिएको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ । सत्ता गठबन्धनमा रहेका एमालेको २७, माओवादी केन्द्रको २१ र नेकपा एकीकृत समाजवादीको ७ गरी जम्मा ५५ सांसदमात्र हुन्छन् । 

बहुमतका लागि यो गठबन्धनलाई हाम्रो नेपाली पार्टी, नेमकिपा वा राप्रपामध्ये कुनै एक दलले समर्थन गर्न आवश्यक हुन्छ ।

h-m
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप