आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानलाई साउदी अरबको आश्वासन

आइतबार, ०४ चैत २०८०, १३ : ४८
आइतबार, ०४ चैत २०८०

इस्लामाबाद । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले शनिबार पाकिस्तानका नयाँ प्रधानमन्त्री शाहबाज सरिफलाई पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन् ।

विगत केही वर्षदेखि आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानलाई आर्थिक सहयोगको ठुलो खाँचो छ । यस्तो अवस्थामा साउदी अरबको यो विश्वास निकै महत्त्वपूर्ण छ ।

विदेशी मुद्राको अभावमा परेको पाकिस्तानलाई सहयोग गर्न साउदी अरबले त्यहाँका बैंकहरूमा तीन अर्ब डलरको कोष राखेको छ । उसले पाकिस्तानलाई अन्य धेरै तरिकामा पनि सहयोग गरेको छ।

रेडियो पाकिस्तानका अनुसार युवराजले प्रधानमन्त्री सरिफलाई फोन गरी बधाई दिँदै दुई देशबिच भाइचारा रहेको बताए । साउदी अरबका राजा र युवराजलाई पाकिस्तानका जनताले धेरै माया र सम्मान गरेको शाहबाज सरिफले बताए। शहबाजले साउदी अरबको अटल प्रतिबद्धता र पाकिस्तानलाई सहयोग गरेकोमा धन्यवाद दिए।

-बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप