पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्न आवश्यक पहल र समन्वय गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्न सरकारले सम्बद्ध पक्षसँग आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै उनले यस्तो बताएका हुन् ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निम्ति आफूले पहल गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र विमानस्थलको खर्चबारे पनि नयाँ ढंगले व्यवस्थापन गर्ने संकल्प गरे । उनले पोखराको सांस्कृतिक र आर्थिक विकासका लागि कोरला—त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्ने बताए । उनले गण्डकी प्रदेशको विकासमा दूरगामी महत्त्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तीव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउने बताए ।
प्रधानमन्त्री प्रचण्डले फेवाताल संरक्षणका बारेमा प्रदेश सरकार, महानगर लगायत स्थानीय सरकार र जनताले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गर्दै सर्वोच्च अदालतको फैसला र स्थानीय जनसमुदायको भावनासमेत सम्बोधन गर्नेगरी निष्कर्षमा पु¥याउन पहल गर्ने बताए । पोखराको पर्यटन प्रवर्द्धनमा पर्यटकहरूका लागि सङ्घीय सरकारले सहुलियतपूर्ण नीति अलम्वन गर्ने बारेमा पनि सचेत रहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले पोखरालाई पर्यटकीय राजधानी घोषणा पश्चात राजधानीको गरिमा बढाउन आवश्यक नीतिगत, कानुनी र प्रक्रियागत सुधार, रणनैतिक योजनासहितको पर्यटकीय पूर्वाधार विकास, निजी क्षेत्रबाट हुने सेवाको गुणस्तर अभिवृद्धि, जबाफदेही तथा क्षमता विकासलाई योजनाबद्ध रूपले अघि बढाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत अन्य स्थानीय तह र निजी क्षेत्रबीच समन्वय भई प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे । पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने विश्वास व्यक्त गरे । पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न नेपाल सरकारले आउने दिनमा उच्च प्राथमिकतामा राख्ने उनले बताए । उनले पोखराको विकास निर्माणमा विद्यमान सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिने बताए ।
प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानी कर्ताहरूबाट लगानी आकर्षित गर्न नेपाल सरकारले सहजीकरणको निम्ति आवश्यक पहल गर्ने विश्वास व्यक्त गरे । आगामी महिनामा आयोजना हुन लागेको लगानी सम्मेलनले समेत पोखराको पर्यटन विकासमा योगदान पुर्याउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपरथी खत्रीलाई चिकित्सा शिक्षा आयोग नेतृत्वकाे जिम्मा
-
फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भ्रमणका क्रममा सिरियाली राजधानीमा विस्फोट
-
क्युबाभर विद्युत् अवरुद्ध, अमेरिकी दबाबले गहिरियो ऊर्जा संकट
-
रुग्ण आयोजनाका ठेक्का रद्द गरी कारबाही प्रक्रिया अघि बढाइने
-
शाही युवा शक्तिकाे रत्नपार्कमा र्याली, तस्बिरहरू
-
धानबालीका लागि मलको अभाव हुँदैन, ९५ हजार मेट्रिक टन मौज्दात छ : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण