थप २५२ जना केयरगिभर इजरायल जाने
काठमाडौँ । इजरायलले थप २५२ जना केयरगिभर लैजाने भएको छ । जी–टु–जी मार्फत इजरायलले लक्की ड्रमार्फत छनौटमा नपरेकाहरूलाई समेत लैजान लागेको हो । यसअघि इजरायलका रोजगार केन्द्रहरूमा स्वास्थ्य सहायकको रुममा काम गर्न १ हजार ६०० जना छनौटमा परेका थिए ।
तीमध्ये लक्की ड्रमार्फत एक हजार १७५ जना छनोट गरेका थिए । २०७८ को माघबाट कामदारहरू इजरायल जान सुरु भएको थियो । दुई वर्ष लगाएर छनौटमा परेकाहरू इजरायल पुगेका हुन् । लक्की ड्रबाट छनोटमा नपरेका ४२५ जनालाई लैजान नेपालले इजरायललाई ताकेता गरेको थियो ।
इजरायलले नयाँ कामदार लैजाने प्रस्ताव गर्दा नेपालले ४२५ जनालाई पहिला लैजानुपर्ने अडान लिँदै आएको थियो । सोही आधारमा इजरायल उनीहरूलाई लैजान तयार भएको थियो । इजरायल जानको लागि २५२ जना सम्पर्कमा आएका थिए । उनीहरूलाई यतिबेला पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन गर्न लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी कविराज उप्रेतीले ४२५ जनामध्ये सम्पर्कमा आएका २५२ जना जान लागेको बताए । उनीहरूलाई यही चैत ६ गते र ९ गते गरी दुई चरणमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम दिन लागिएको सूचना अधिकारी उप्रेतीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण