सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला टिमकी पहिलो कप्तान नेरीले लिइन् संन्यास

मङ्गलबार, ०६ चैत २०८०, ०८ : ०८
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान नेरी थापाले संन्यास लिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेरीले आफ्नो १७ वर्षिय क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गरिन् । उनी नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति नेरीले लेखेकी छन् ‘खेलबाट संन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु । म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैँ साथ दिनुभयो । मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन ।’

बाँकेबाट राष्ट्रिय क्रिकेटमा पाइला अघि बढाएकी नेरीको कप्तानीमा नेपालले सन् २००७ मा एसीसी महिला च्याम्पियनसिप खेलेको थियो । त्यो नै महिला सिनियर क्रिकेट टिमले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

नेरीको कप्तानीमा यु–१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु–१९ महिला च्याम्पियनसिपको उपाधि पनि जितेको थियो । नेरी घरेलु क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडी पनि हुन् । 

उनले तत्कालीन क्षेत्रनम्बर ५ बाट खेल्दै काठमाडौँविरुद्ध शतक बनाएकी थिइन् । २०७० सालमा शतक बनाउँदा उनले काठमाडौँविरुद्ध १२१ रन जोडेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप