ईयू काउन्सिलद्वारा युक्रेनका लागि नयाँ सहायता कोष अनुमोदन
मङ्गलबार, ०६ चैत २०८०, ०९ : ००

ब्रसेल्स । युरोपेली संघ (ईयू) काउन्सिलले युक्रेन सहायता कोष (यूएएफ) को स्थापनालाई अनुमोदन गरेको छ । यसका लागि ५ अर्ब युरो (५.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको हो ।
यो निर्णय ब्रसेल्समा ईयूको विदेश मामिला काउन्सिलमा पुगेको थियो । जहाँ मन्त्रीहरूले युक्रेन र मध्यपूर्वको अवस्थाको लागि इयु समर्थनको बारेमा छलफल गरेका थिए । यूएएफले ईयूलाई घातक र गैर–घातक सैन्य उपकरण र प्रशिक्षणको प्रावधानमार्फत युक्रेनी सशस्त्र बलहरूको विकसित आवश्यकताहरूलाई थप समर्थन गर्न अनुमति दिनेछ ।
फेब्रुअरी २०२२ मा रुस–युक्रेन द्वन्द्व सुरु भएदेखि, ईयूले युक्रेनलाई १३८ बिलियन युरो सहायता प्रदान गरेको छ । जसमध्ये २८ बिलियन युरो सैन्य सहयोग थियो । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेखमा करेन्ट लागेर एक युवकको ज्यान गयो
-
आज शिक्षा समिति बैठक बस्दै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित