शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार परियारको निधनप्रति प्रेस सेन्टर नेपालद्वारा दुःख व्यक्त

मङ्गलबार, ०६ चैत २०८०, ११ : ४३
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । प्रेस सेन्टर नेपालले जिल्ला समन्वय समिति रुकुमपूर्वका उपाध्यक्ष  विक्रम परियारको बस दुर्घटनामा परी भएको निधनप्रति दुःख व्यक्त गरेको छ । 

मंगलबार सेन्टरका महासचिव सन्तोष पौडेलले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् । सोमबार रुकुमकोटबाट काठमाडौँ आउने क्रममा बागलुङको निसीखोला गाउँपालिका ६ स्थित जाउलेपानीमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा परियारसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २९ जना घाइते भएका थिए । 

नेपाल राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशनमा सहभागी हुनको लागि काठमाडौँ परियार काठमाडौँ आउँदै थिए । रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ रुमालबारा स्थायी घर भएका उनी पत्रकार महासंघ रुकुम पूर्वका सहसचिव समेत हुन् । उनको निधनले रुकुम पूर्वलगायत सिङ्गो पत्रकारिता क्षेत्र र जनपक्षीय पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको सेन्टरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप