पत्रकार परियारको निधनप्रति प्रेस सेन्टर नेपालद्वारा दुःख व्यक्त
काठमाडौँ । प्रेस सेन्टर नेपालले जिल्ला समन्वय समिति रुकुमपूर्वका उपाध्यक्ष विक्रम परियारको बस दुर्घटनामा परी भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।
मंगलबार सेन्टरका महासचिव सन्तोष पौडेलले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् । सोमबार रुकुमकोटबाट काठमाडौँ आउने क्रममा बागलुङको निसीखोला गाउँपालिका ६ स्थित जाउलेपानीमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा परियारसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २९ जना घाइते भएका थिए ।
नेपाल राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशनमा सहभागी हुनको लागि काठमाडौँ परियार काठमाडौँ आउँदै थिए । रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ रुमालबारा स्थायी घर भएका उनी पत्रकार महासंघ रुकुम पूर्वका सहसचिव समेत हुन् । उनको निधनले रुकुम पूर्वलगायत सिङ्गो पत्रकारिता क्षेत्र र जनपक्षीय पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको सेन्टरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण