मन्त्री भण्डारीद्वारा निजी क्षेत्रसँग लगानी सम्मेलन केन्द्रित छलफल
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज निजी क्षेत्रका प्रतिनिधिसँग लगानी सम्मेलन केन्द्रित छलफल गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घका प्रतिनिधि सम्मिलित अनौपचारिक छलफलमा मन्त्री भण्डारीले आगामी वैशाख १५ र १६ गते सरकारले आयोजना गरेको लगानी सम्मेलनमा लगानीकर्तालाई सहज वातावरण निर्माण हुने कानुन बनाउने विषयमा कुराकानी गरेका हुन् ।
विभिन्न चरणमा निजी क्षेत्रबाट सरकारले कानुन निर्माणका विषयमा सुझाव लिइसकेको छ । निजी क्षेत्रले तयारी अवस्थामा रहेका १० ऐन र दुई विनियमावलीलाई अब संशोधन नगरी जस्ताको त्यस्तै संसद्मा पेस गर्न सुझाव दिएको महासङ्घका महानिर्देशक गोकर्ण अवस्थीले जानकारी दिए।
लगानीकर्तालाई सहज बनाउन निजी क्षेत्रले दिएको सुझावलाई सकारात्मक रुपमा लिई उद्योग मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने मन्त्री भण्डारीले प्रतिबद्धता जनाए । सो छलफलमा पूर्वअध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल र जोत्सना श्रेष्ठ तथा परिसङ्घका अध्यक्ष राजेश अग्रवाल र उपाध्यक्ष वीरेन्द्र पाण्डेलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण