छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीस्थित सडकमा रुकुमबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस सडकबाट करिब १ सय ५० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा बसमा सवार ९ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ७ जनाको घटनास्थलमै र २ जनाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका बसमा सवार २६ जना मध्ये २० जनाको धवलागिरि अस्पतालमा उपचार भइरहेको छ भने ६ जनालाई थप उपचारको लागि मणिपाल अस्पताल पोखरामा रिफर गरिएको छ ।
यता सप्तरीको कंचनरुप नगरपालिका-८ स्थित सडकमा प्रदेश १-०२-०४८ प ४६०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २१ वर्षीय शिवदत्त चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।
त्यस्तै धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरस्थित सडकमा म प्र-०२-००७ प ४२६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण