चीनले भन्यो, ‘पोखरा विमानस्थल सञ्चालनमा नेपालका छिमेकीले तगारो बनाउनुको साटो सहजीकरण गर्नुपर्छ’
काठमाडौँ । चिनियाँ दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकले नेपाललाई सहजीकरण गर्नुपर्ने बताएको छ । एक विज्ञप्ति जारी गर्दै दूतावासले विमानस्थललाई चीनको ऋण पासो भन्नुको साटो निर्माण सम्पन्न पूर्वाधार सञ्चालनमा सहजीकरण गर्नुपर्ने जनाएको हो ।
‘नेपालका मित्र तथा छिमेकी राष्ट्रहरूले नेपालको पर्यटन र उड्डयन क्षेत्रको विकासको विरोध गर्नुको सट्टा चीनसँग हातेमालो गर्नुपर्छ,’ दूतावासले लेखेको छ, ‘पोखरामा थप अन्तर्राष्ट्रिय उडान गराउन र विमानस्थलको सञ्चालनमा तगारो बनाउनुको सट्टा सहजता सृजना गर्नु वेश हुन्छ ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन–नेपाल सहकार्यमा महत्त्वपूर्ण पूर्वाधार परियोजना हो ।
यो परियोजनाको निर्माण सम्पन्न भएपछि आधा शताब्दीदेखि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पोखरावासीको सपना साकार भएको समेत दूतावासले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा आएको हो । सन् २०२३ मै विमानस्थलमा यात्रुको ट्राफिक ९ लाख पुगेको छ ।
Chinese Embassy Spokesperson's Statement on
— Spokesperson Of Chinese Embassy In Nepal (@PRCSpoxNepal) March 18, 2024
Pokhara International Airport pic.twitter.com/iGBsc0MRYT
यो भनेको विमानस्थलको क्षमताभन्दा धेरै हो । विमानस्थलको यात्रा क्षमता ८ लाख रहेको छ । फेब्रुअरी ९ सम्ममा यो विमानस्थल भएर यात्रा गर्ने यात्रीको सङ्ख्या १० लाख नाघेको छ । कोभिड सुरु हुनु अघिको विमानस्थलमा हवाई आवागमन उत्कर्षमा रहेको बेलामा सन् २०१९ मा पोखरा विमानस्थलको यात्रा ट्राफिक ७ लाख मात्रै थियो । यसले नेपालको पर्यटन र उड्डयन उद्योगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले दिएको उल्लेख्य योगदानको आयतन स्पष्ट हुने दूतावासले जनाएको छ ।
‘चीनले तयार पारेको कर्जाको पासो’ भन्ने आवाज केही मुलुकले उठाइरहेको र यो विकासशील देशसँग चीनको सम्बन्ध बिगार्ने लक्ष्यसहित ल्याइएको विज्ञप्तिमा उल्लेख छ । नेपालको सरकारी कर्जा व्यवस्थापन कार्यालयका अनुसार सन् २०२३ को जुलाईसम्ममा नेपालले लिएको धेरैजसो ऋण आईडीए, एडीबी र आईएमएफ जस्ता बहुपक्षीय कर्जादाताको नाममा छ । द्विपक्षीय कर्जा १२ प्रतिशत मात्रै छ । यसमा पनि जापान सबैभन्दा ठुलो करदाता हो । त्यसपछि भारत र चीन तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण