सर्वोच्चमा हतियारसहित पक्राउ प्रकरण
दुर्गा प्रसाईंका अङ्गरक्षक भनिएकाको परिवारले दायर गरे बन्दी प्रत्यक्षीकरणको रिट
मङ्गलबार, ०६ चैत २०८०, १८ : ३१
काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका दुई जनाकै परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अङ्गरक्षक भनिएकाहरू अत्याधुनिक हतियार र गोलीसहित सर्वोच्च अदालत परिसरमा पुगेको अवस्थामा सोमबार पक्राउ परेका थिए । पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिताल छन् ।
मङ्गलबार उनीहरूका पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । रिट निवेदन दिनेमा रिया राजवंशी धिमाल र शान्ता खड्का रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । उक्त रिट निवेदनमाथि बुधबार सुनुवाइ हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण