समाचार
दुर्गा प्रसाईँका सुरक्षा गार्डको साथबाट हतियार र १०० राउण्ड गोली बरामद
सोमबार, ०५ चैत २०८०, १५ : ५८
काठमाडौँ । प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभिानका संयोजक दुर्गा प्रसाईँका निजी सुरक्षा गार्डको साथबाट हतियार र १०० राउण्ड गोली बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले प्रसाईँका सुरक्षा गार्ड दीपक खड्कालाई राम शाहपथस्थित सर्वोच्च अदालत नजिकैबाट पक्राउ गरिएको जनकारी दिए ।
यस्तै उनीसँगै प्रहरीले राजकुमार धिमाललाई पनि पक्राउ गरेको छ । खड्काको साथबाट जीएसजी ५ जर्मन सेमि अटोमेटेड हतियार बरामद भएको अधिकारीले जानकारी दिए । यस्तै त्यसमा लाग्ने १०० थान गोली बरामद भएको उनको भनाइ छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण