हतियारको लाइसेन्स हुँदा पनि किन पक्राउ परे दुर्गा प्रसाईंका बडिगार्ड ?
काठमाडौँ । सोमबार सर्वोच्च अदालत परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुईजना बडिगार्ड हतियारसहित पक्राउ परे । पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिताल रहेका थिए ।
सोमबार सर्वोच्च अदालत परिसरबाट उनीहरू पक्राउ परेलगत्तै व्यवसायी दुर्गा प्रसाईंले हतियारको लाइसेन्स रहेको र लाइसेन्स रहेको व्यक्तिले हतियार बोक्दा पनि पक्राउ गर्नु आपत्तिजनक भएको टिप्पणी गरेका थिए । तर प्रहरीले भने प्रसाईंले लिएको हतियारको लाइसेन्स रहेको भए पनि हतियारको बाहक अर्कै व्यक्ति भएको र संवेदनशील क्षेत्रमा हतियार बोकेर गएको कारण पक्राउ गरिएको स्पष्ट पारेको छ ।
इटालीमा बनेको सेमी-अटोमेटेड र फोल्डिङ गर्न मिल्ने पोइन्ट २२ को उक्त हतियार प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट २०७९ पुस ७ गते लाइसेन्स लिई दीपक खड्कालाई बाहक बनाएका थिए । हतियार चलाउन जान्ने सीप पनि चाहिने भएकाले प्रसाईंले उक्त हतियार चलाउनका लागि भन्दै दीपक खड्कालाई बाहकका रूपमा राखेका थिए ।

लाइसेन्स दिने समयमा नेपालभर जुनसुकै क्षेत्रमा लिएर हिँड्न पाउने र आवश्यकतामा प्रयोग गर्न पाउने गरी लाइसेन्स नम्बर १०१३१ बाट दिइएको थियो । तर सोमबार उक्त हतियार प्रसाईंका बडीगार्ड दीपक खड्काले बोकेको नभई रामकुमार धितालले बोकेका थिए । त्यसबाहेक सर्वोच्च अदालत परिसरभित्र छिर्दा चेकजाँच गराई हतियार रहेको स्वघोषणा गरेर मात्रै अनुमति भएमा लैजान पाइन्छ ।
तर प्रसाईंका बडिगार्डले न हतियार रहेको स्वघोषणा गरे, न चेकजाँच नै गराए । बाहक दीपक खड्काभित्र छिरेर अर्का बडिगार्ड रामकुमार धिताललाई हतियार रहेको झोला दिएका थिए । प्रहरीले चेकजाँच गर्दा झोलामा हतियार भेटिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
सर्वोच्च अदालत सुरक्षा गणका प्रमुख एसपी विनोद सिलवालका अनुसार सर्वोच्च अदालतमा लाइसेन्स भए पनि हतियार बोकेर जान पाइँदैन । व्यक्तिगत सुरक्षाका लागि लिइएको हतियार बोकेर अदालत, विद्यालय लगायतका संवेदनशील क्षेत्रमा जान पाइँदैन । त्यसबाहेक लाइसेन्समा बाहक भनिएका व्यक्तिले हतियार नबोकी अन्य व्यक्तिले बोकेको समेत कारणबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण