भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा एभरेस्ट
काठमाडौँ । एभरेस्ट भलिबल क्लब मंगलवार आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ सेमिफाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार नेपाल पुलिस क्लबसँग ३–२ ले पराजित भए पनि एभरेष्ट सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ को एभरेस्टले तीन खेलबाट सात अंक जोडेपछि सेमिफाइनल यात्राका लागि पर्याप्त भएको हो । अनुभवी अरुणासहित उत्कृष्ट भारतीय खेलाडीको साथ पाएको एभरेस्टले पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पा¥यो । तर, पुलिसले दोस्रो सेटमा २५–१८ को जित निकाल्दै पुनरागमन ग¥यो । यद्यपि एभरेस्टले तेस्रो सेटमा २५–१६ ले आफ्नो बनाउँदै पुनः अग्रता लियो ।
प्रतिष्पर्धात्मक चौथो सेट पुलिसले २७–२५ ले जित्यो । त्यससँगै खेल पाँचौं सेटसम्म लम्बियो । पाँचौं तथा निर्णायक सेट पुलिसले १५–९ को सफलता प्राप्त गर्दै जित निकाल्यो । यो समूहमा एभरेस्ट र गत संस्करणको विजेता पुलिससहित कर्णाली र त्रिभुवन आर्मी क्लब छन् । अब बुधवार पुलिस र त्रिभुवन आर्मी क्लवबीच खेल हुनेछ । यो खेलले समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीका साथै समूह विजेता र उपिवेजा टुङ्गो लाग्नेछ ।
मंगलबार नै आर्मीले कर्णाली प्रदेशलाई २५–१६,२५–२३, २५–७ ले हरायो । यसअघि एभरेष्टले कर्णाली प्रदेशलाई २५–१२, २५–७, २५–११ तथा आर्मीलाई २४–२६, २५–१७, २५– १९, २५–२२ ले पराजित गरेको थियो । पुलिसले पनि कर्णालीलाई २५– १२, २५–६, २५–८ ले हराएको थियो । महिलामा कुल सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछन् । पुरुषतर्फ एपिएफ समूह विजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरेको छ । एपिएफले मंगलबार सुदूरपश्चिम प्रदेशमाथि ३–२ सेटको रोमाञ्चक जित निकाल्यो ।
यो जित एपिएफलाई उपविजेताका रूपमा क्वार्टरफाइनल पुग्न पर्याप्त बन्यो । समूह ‘बी’ मा एपिएफले दुई खेलमा पाँच अंक जोड्यो । समान खेलमा सुदूरपश्चिमको चार अंक छ । सुदूरपश्चिमले सुरुआती दुई सेट २४–२६, १९–२५ ले गुमाएको थियो । त्यस पछिका दुई सेट एपिएफले २८–२६, २५–२२, १५–१३ ले आफ्नो पक्षमा पार्दै जित निकाल्यो । मंगलवार नै साविक विजेता हेल्प नेपाल स्पोटर््स क्लबले ढोरपाटन स्पोर्टस क्लबलाई २५–१८, २५–१५,२५–१४ ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण