विवादपछि रोकिएको एमाले कास्कीको अधिवेशन प्रतिनिधि छनोट आज
पोखरा । विवादका कारण रोकिएको एमाले कास्कीको अधिवेशन प्रतिनिधि छनोट आज गरिँदै छ । चैत १० र ११ गते हुने अधिवेशनका लागि प्रतिनिधिको छनोट आज टुङ्गिने एमालेले जनाएको छ । ११ औँ अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । यसअघि चैत ३ गते प्रतिनिधि छनोट हुने मिति तोकिएको थियो ।
तर विवाद भएपछि केन्द्रको सङ्गठन विभागले नै प्रतिनिधि छनोट स्थगन गर्न पत्र पठाएको थियो । सोमबार बसेको जिल्ला कमिटी बैठकमा प्रतिनिधि छनोटबारे सहमति भएको छ ।
दुई पक्षबिच प्रतिनिधि छनोटमा विवाद भएको हो । सुरुमा जिल्ला अध्यक्ष मनबहादुर गुरुङले गरेको सर्कुलर विरुद्ध स्थायी कमिटी सदस्य तथा जिल्ला इन्चार्ज थममाया थापा, जिल्ला सचिव बैनबहादुर अधिकारी लगायतले असहमति जनाए ।
गुरुङले आफू पक्षीय प्रतिनिधि बढी आउने गरी सर्कुलर पठाएको आरोप विपक्षीको छ । उनले ४० जना भन्दा बढी सदस्य भएको ठाउँबाट प्रत्येक २१ जना सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने विधि बनाएका थिए । तर इन्चार्ज पक्षले प्रत्येक ४० सदस्य बराबर थप १ प्रतिनिधि चयन गर्नुपर्ने माग राखेको थियो ।
सोमबारको बैठकले ३० जना बराबर थप १ जना प्रतिनिधि चयन हुने निर्णय गरेको छ । योसँगै कास्की एमालेको अधिवेशन प्रक्रिया पनि सुरु भएको छ । अधिवेशन उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण