आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विवादपछि रोकिएको एमाले कास्कीको अधिवेशन प्रतिनिधि छनोट आज

बुधबार, ०७ चैत २०८०, ११ : २१
बुधबार, ०७ चैत २०८०

पोखरा । विवादका कारण रोकिएको एमाले कास्कीको अधिवेशन प्रतिनिधि छनोट आज गरिँदै छ । चैत १० र ११ गते हुने अधिवेशनका लागि प्रतिनिधिको छनोट आज टुङ्गिने एमालेले जनाएको छ । ११ औँ अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । यसअघि चैत ३ गते प्रतिनिधि छनोट हुने मिति तोकिएको थियो ।

तर विवाद भएपछि केन्द्रको सङ्गठन विभागले नै प्रतिनिधि छनोट स्थगन गर्न पत्र पठाएको थियो । सोमबार बसेको जिल्ला कमिटी बैठकमा प्रतिनिधि छनोटबारे सहमति भएको छ । 

दुई पक्षबिच प्रतिनिधि छनोटमा विवाद भएको हो । सुरुमा जिल्ला अध्यक्ष मनबहादुर गुरुङले गरेको सर्कुलर विरुद्ध स्थायी कमिटी सदस्य तथा जिल्ला इन्चार्ज थममाया थापा, जिल्ला सचिव बैनबहादुर अधिकारी लगायतले असहमति जनाए ।

गुरुङले आफू पक्षीय प्रतिनिधि बढी आउने गरी सर्कुलर पठाएको आरोप विपक्षीको छ । उनले ४० जना भन्दा बढी सदस्य भएको ठाउँबाट प्रत्येक २१ जना सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने विधि बनाएका थिए । तर इन्चार्ज पक्षले प्रत्येक ४० सदस्य बराबर थप १ प्रतिनिधि चयन गर्नुपर्ने माग राखेको थियो ।

सोमबारको बैठकले ३० जना बराबर थप १ जना प्रतिनिधि चयन हुने निर्णय गरेको छ । योसँगै कास्की एमालेको अधिवेशन प्रक्रिया पनि सुरु भएको छ । अधिवेशन उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप