नेपालमा कुन क्यान्सरका बिरामीको मृत्युदर कति ?

काठमाडौँ । नेपालमा पछिल्लो समय क्यान्सर रोग बढ्दो क्रममा छ । क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार नेपालमा क्यान्सर रोगले भयावह रुप लिँदै गएको छ ।
नेपालमा स्तन, पाठेघरको मुख, फोक्सो, पेट, आन्द्रा, पित्तथैली, डिम्बाशय, जिब्रो र मुख, प्रोस्टेट, थाइराइड क्यान्सरको समस्या बर्सेनि देखिन्छ । परिवार कल्याण महाशाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालमा वार्षिक रूपमा १४.४ प्रतिशत महिलामा स्तन क्यान्सर हुने गरेको छ । यसमध्ये करिब ७.६ प्रतिशतको मृत्यु हुने गरेको अनुमान छ ।
यस्तै, एक लाख महिलामध्ये १४ हजार २ सय जनामा पाठेघरको मुखको क्यान्सर हुन्छ । यसमध्ये ८ हजार ७ सय जनाको निधन हुने गरेको छ । नेपालमा एक लाख जनामध्ये ९ हजार ३ सय जनामा फोक्सो क्यान्सर हुन्छ भने ८ हजार ४ सय जनाको मृत्यु हुने सरकारी तथ्याङ्क छ ।
सरकारी निकायका अनुसार एक लाख जनामध्ये ६ हजार ५ सय जनामा पेटको क्यान्सर देखिन्छ । यसमध्ये ६ सय जनाको निधन हुने अनुमान छ । यसैगरी एक लाख जनामध्ये ४ हजार ४ सय जनालाई आन्द्राको क्यान्सर देखिने सरकारी अनुमान छ । यसमध्ये २ हजार ५ सयको मृत्यु हुने गरेको अनुमान छ ।
सरकारी तथ्याङ्क अनुसार एक लाख जनामध्ये ४ हजार ४ सय जनामा पित्तथैलीको क्यान्सर हुन्छ । यसमध्ये ३ हजार ३ सय जनाको मृत्यु हुने अनुमान छ । एक लाख जनामध्ये ४ हजार १०० जनामा डिम्बाशयको क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । यसमध्ये ३ हजार जनाको क्यान्सरकै कारण मृत्यु हुने गरेको छ ।
यस्तै, प्रति एक लाख नागरिकमा ३ हजार ६ सय जनालाई जिब्रो र मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये १ हजार ९ सय जनाको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ । एक लाखमध्ये ३ हजार जनालाई प्रोस्टेट क्यान्सर हुने र यसमध्ये १ हजार ५ सय जनाको मृत्यु हुने अनुमान छ । प्रति एक लाख मानिसमध्ये २ हजार ५ सय जनालाई थाइराइड सम्बन्धी क्यान्सर हुने र सोमध्ये ६ सय जनाको मृत्यु हुने सम्बद्ध अधिकारीले बताएका छन् ।
- के कारण हुन्छ क्यान्सर ?
क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीकाअनुसार नेपालमा देखिएको कमन क्यान्सर फोक्सोको हो । उनले भने, ‘पुरुषमा पहिलो नम्बरमा फोक्सोको क्यान्सर, दोस्रो नम्बरमा पेटको क्यान्सर, तेस्रो नम्बरमा मुखको क्यान्सर, चौथोमा ठुलो आन्द्राको क्यान्सर, पाँच नम्बरमा कलेजो क्यान्सर पाइएको छ ।’
यस्तै पहिला–पहिला महिलामा पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पाइन्थ्यो भने हाल स्तनको क्यान्सर एक नम्बरमा पुगेको छ । दोस्रोमा पाठेघर मुखको क्यान्सर, तेस्रोमा फोक्सोको क्यान्सर,चौथोमा पित्त थैलीको र पाँचौँमा पेटको क्यान्सर रहेको उनले बताए ।
जीवनशैली र खानपिनमा आएको परिवर्तन, धूम्रपान, मद्यपान, मोटोपना लगायतका कारण नेपालमा क्यान्सर रोग बढ्दो रहेको डा. शाहीले बताए । ‘९० प्रतिशत क्यान्सर ५० वर्षमाथि उमेरकालाई देखिन्छ, त्यो खानपिनका कारणले हो,’ उनले भने, ‘५ देखि १० प्रतिशतमा वंशाणुगत क्यान्सर देखिन्छ, जुन सानो उमेरमै हुन सक्छ ।’
खानपिनकै कारणले स्तन क्यान्सर हुने समस्या देखापरेको डा. शाहीले बताए । यस्तै, पाठेघरको मुखको क्यान्सरको मुख्य कारण असुरक्षित यौन सम्पर्क, एक वा एकभन्दा बढी व्यक्तिसँग शारीरिक सम्बन्ध राख्नु रहेको उनले बताए । फोक्सो, कलेजो, मुख र आन्द्राको क्यान्सर हुनुमा धूम्रपान, मद्यपान मुख्य कारण रहेको डा. शाहीले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा शिवम् सिमेन्टको सहकार्य
-
पोखराको शान्ति स्तूप नजिक माइक्रोबस दुर्घटना, ४ जनाको अवस्था गम्भीर
-
दुई सचिव पद रिक्त, बढुवाको छैन सुरसार
-
अर्थमन्त्री संसद्मा हुनु र नहुनुले केही फरक पर्दैन : सांसद सिंह
-
गैरआवासीय नेपाली सङ्घलाई प्रधानमन्त्रीको आग्रह : एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित हुनुस्
-
सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार