सहकारी प्रकरणहरुको निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अफ्ठ्यारो हुन्छः सांसद जबरा
बुधबार, ०७ चैत २०८०, १३ : १७
काठमाडौँ । नेपाली काँग्रेसका सांसद उदय समशेर जबराले सहकारी प्रकरणहरुको निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अफ्ठ्यारो पर्ने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद जबराले सहकारीहरुले अर्थतन्त्रमा समस्या ल्याएको बताएका हुन् ।
उनले भने, ‘सहकारीमा के भयो भनेर निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अफ्ठ्यारो हुन्छ । पीडितको मात्र कुरा गरेको होइन, यसले हाम्रो अर्थतन्त्रमा पनि समस्या ल्याएको छ । त्यसैले यसमा छिटोभन्दा छिटो निष्पक्ष छानविन गर्नु जरुरी छ ।’
सरकारले सडक, ट्रान्समिशन लाइन, कृषि र आइटीका क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण