निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई बजेटमा समेट्नुपर्छ: सांसद विश्वकर्मा
काठमाडौँ । नेकपा(एमाले)का सांसद् छविलाल विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलमा भाग लिँदा सांसद विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले सुरक्षित आवास कार्यक्रमले पनि निरन्तरता पाउनुपर्ने बताए । उनले तराई मधेस समृद्धि कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘प्रत्येक निर्वाचन क्षेत्रमा रणनीतिक सडक थियो । यो रणनीतिक सडक अहिले अधुरो र बेवारिसे बनेको छ । सरकारको प्राथमिकतामा यसलाई पूर्णता दिने विषय बन्नुपर्दछ । सुरक्षित आवास कार्यक्रमले यस पटक त्यसले निरन्तरता पाएन । जबकि यस्ता जनताहरू छन्, जसको शिरको माथि छानो छैन । ओत नभएको हुनाले जनताहरू असुरक्षित भएको स्थितिमा यो सुरक्षित आवास कार्यक्रमले ती जनताहरूलाई धेरै लाभान्वित बनाएको थियो । थप प्रभावकारी हुने गरी सुरक्षित आवास कार्यक्रमलाई अगाडी बढाउनुपर्दछ ।’
त्यस्तै स्वास्थ्य बिमा प्रभावकारी बन्न नसकेको भन्दै सांसद विश्वकर्माले यसको दायरालाई फराकिलो बनाएर सबै जनताको पहुँचमा पुर्याउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण