मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई बजेटमा समेट्नुपर्छ: सांसद विश्वकर्मा

बुधबार, ०७ चैत २०८०, १४ : ०९
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । नेकपा(एमाले)का सांसद् छविलाल विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने बताएका छन् । 

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलमा भाग लिँदा सांसद विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले सुरक्षित आवास कार्यक्रमले पनि निरन्तरता पाउनुपर्ने बताए । उनले तराई मधेस समृद्धि कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

उनले भने, ‘प्रत्येक निर्वाचन क्षेत्रमा रणनीतिक सडक थियो । यो रणनीतिक सडक अहिले अधुरो र बेवारिसे बनेको छ । सरकारको प्राथमिकतामा यसलाई पूर्णता दिने विषय बन्नुपर्दछ । सुरक्षित आवास कार्यक्रमले यस पटक त्यसले निरन्तरता पाएन । जबकि यस्ता जनताहरू छन्, जसको शिरको माथि छानो छैन । ओत नभएको हुनाले जनताहरू असुरक्षित भएको स्थितिमा यो सुरक्षित आवास कार्यक्रमले ती जनताहरूलाई धेरै लाभान्वित बनाएको थियो । थप प्रभावकारी हुने गरी सुरक्षित आवास कार्यक्रमलाई अगाडी बढाउनुपर्दछ ।’

त्यस्तै स्वास्थ्य बिमा प्रभावकारी बन्न नसकेको भन्दै सांसद विश्वकर्माले यसको दायरालाई फराकिलो बनाएर सबै जनताको पहुँचमा पुर्‍याउनुपर्ने बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप