शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

४ जना मृतावस्थामा फेला

बुधबार, ०७ चैत २०८०, १७ : ०६
बुधबार, ०७ चैत २०८०

काठमाडौं । विभिन्न स्थानबाट ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ आरुबारी डेरा गरी बस्ने भोजपुर लेखखर्क गाउँपालिका-९ घर भएका ६२ वर्षीय लाक्पा शेर्पा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रामेछापको लिखु तामाकोशी गाउँपालिका-४ नंगी बस्ने ५२ वर्षीय बुक बहादुर सुनुवार पनि आफ्नै घर नजिकै रहेको करेसाबारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी दाङको राप्ती गाउँपालिका-१ बगास्वतीस्थित राप्ती नदी किनारमा लमही नगरपालिका-३ बस्ने ६८ वर्षीया जोगा थापा क्षेत्री बुधबार मृत अवस्थामा फेला परेकी छिन् । 

 सप्तरीको कंचनरुप नगरपालिका-१२ स्थित धरमपुर सामुदायिक वनमा पनि  ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप