४ जना मृतावस्थामा फेला
काठमाडौं । विभिन्न स्थानबाट ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ आरुबारी डेरा गरी बस्ने भोजपुर लेखखर्क गाउँपालिका-९ घर भएका ६२ वर्षीय लाक्पा शेर्पा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रामेछापको लिखु तामाकोशी गाउँपालिका-४ नंगी बस्ने ५२ वर्षीय बुक बहादुर सुनुवार पनि आफ्नै घर नजिकै रहेको करेसाबारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी दाङको राप्ती गाउँपालिका-१ बगास्वतीस्थित राप्ती नदी किनारमा लमही नगरपालिका-३ बस्ने ६८ वर्षीया जोगा थापा क्षेत्री बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
सप्तरीको कंचनरुप नगरपालिका-१२ स्थित धरमपुर सामुदायिक वनमा पनि ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण