हत्यामा संलग्न फरार युवक ४ वर्षपछि पक्राउ
बिहीबार, ०८ चैत २०८०, १२ : २०
काठमाडौँ । ललितपुर बालकुमारीमा डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका-२ गुराँस गाउँ घर भएका ३३ वर्षीय हरि खड्काको हत्यामा संलग्न रही फरार रहेका एक जना युवक पक्राउ परेका छन् । मकवानपुर गढी गाउँपालिका-१ पिङडाँडा बस्ने २३ वर्षीय बुद्ध बोम्जन मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका-९ गुहे पोखरीमा २०७६ साउन २८ गते हरिलाई बुद्ध बोम्जन समेतले धारिलो हतियार प्रहार गरी हत्या गरी फरार भएका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न बोम्जनलाई मकवानपुर गढी गाउँपालिका-१ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी आक्रमणमा किभमा सात जनाको मृत्यु
-
सडकमा एक्लै हिँडेकी युवतीलाई पुरुषले ‘गोप्य अङ्ग’ देखाएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान
-
ओपेक प्लसले देशहरूले उत्पादन बढाउने, कच्चा तेलको मूल्य घट्यो
-
इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका प्रमुखमा नियुक्त
-
घाँसको बीउ उत्पादन
-
गृहमा सहसचिवलाई जगेडामा राखेर उपसचिवलाई जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण