सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हत्यामा संलग्न फरार युवक ४ वर्षपछि पक्राउ

बिहीबार, ०८ चैत २०८०, १२ : २०
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । ललितपुर बालकुमारीमा डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका-२ गुराँस गाउँ घर भएका ३३ वर्षीय हरि खड्काको हत्यामा संलग्न रही फरार रहेका एक जना युवक पक्राउ परेका छन् । मकवानपुर गढी गाउँपालिका-१ पिङडाँडा बस्ने २३ वर्षीय बुद्ध बोम्जन मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका-९ गुहे पोखरीमा २०७६ साउन २८ गते हरिलाई बुद्ध बोम्जन समेतले धारिलो हतियार प्रहार गरी हत्या गरी फरार भएका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न बोम्जनलाई मकवानपुर गढी गाउँपालिका-१ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप