बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको प्रश्न : छोएको पानी खानुहुन्न भन्ने पनि पण्डित हुन्छ ?

बिहीबार, ०८ चैत २०८०, १६ : ११
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रङ्गभेद र वर्णभेद मान्ने जो सुकै भए पनि त्यो मानिस असभ्य हुने बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले रङ्गभेद र वर्णभेद एक प्रकारको हिंसा भएको भन्दै त्यस्तो असमानताको चिन्तनले पछौटेपन बढ्ने बताए ।

‘कसैले असमान हुनुपर्छ भन्ने ठान्छ वा असमान व्यवहार गर्छ । मान्छेलाई कुनै पनि प्रकारले हेला होचो वा अपमान गर्ने भनेको असभ्यताको अर्को नाम हो’, ओलीले भने, ‘कतिपय पण्डित हुनुहुन्छ तर छोइन्छ भन्ने ठान्नुहुन्छ । अनि के को पण्डित ? मान्छेले छोएको पानी खानुहुन्न भन्ने पनि पण्डित हुन्छ ?’ रङ्गभेद र वर्णभेद  एक प्रकारको हिंसा र विभेद हो भएको भन्दै समानताका लागि राजनीति गर्नुपर्ने बताए । उनले समाजलाई राजनीतिले गाइड गर्ने भन्दै राजनीति आफैँ गन्तव्य नहुने बताए । 

अध्यक्ष ओलीले डेमोक्रेसी सरकारबाट हट्नुपर्‍यो भनेर संसद्‌मा निहुँ खोजेर अवरुद्ध गर्ने, च्याँठिने,आक्रोश पोख्ने, विरह बिसाउने, छाती पिटेर रुने मात्र ठाउँ नभएको बताए । ‘राजनीतिलाई त्यही माध्यमका साथ समाजको उन्नति, प्रगति, शान्ति सुव्यवस्था, स्वच्छता, पारदर्शिता र समानताका लागि हुनुपर्छ’, ओलीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप