अनुसन्धान अधिकृतहरूसँग भक्कानिए महरा
काठमाडौंँ । पूर्वसभामुख कृष्णबहादुर महरा अहिले केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा छन् । उनी चैत ५ मा रुपन्देहीबाट पक्राउ गरेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरासँग बयान लिइरहेको छ । स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधबारबाट जिल्ला सरकारी वकिल कार्यालयमा ल्याएर बयान लिइरहेका छन् ।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले उनलाई प्रश्न गरेका छन् । भेप प्रकरणमा बयान दिँदा महरा भक्कानिएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘बयानको क्रममा उहाँ भक्कानिनुभएको छ ।’
महरा ८ प्रकारका औषधी सेवन गर्छन् । उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या छ ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुन: मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनको आधारमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष समेत रहेका महरालाई अनुसन्धान गरेर ‘पुरक प्रतिवेदन’ जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिने सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गरेको घटनामा पूर्वसभामुख कृष्णबहादुर महराको ‘कनेक्सन’ देखिएको छ । भेप प्रकरणमा यसअघि प्रहरीले संगठित सुन तस्करी गरेको कसुरमा अनुसन्धान गरेको थियो । सो मुद्दामा महरालाई पनि प्रहरीले ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्नसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण