सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
बाँसबारी जग्गा प्रकरण

अरुण चौधरीकी पत्नी शिलालाई सीआईबीले गरायो बयान कागज

शुक्रबार, ०९ चैत २०८०, ११ : ००
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा शिला चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान कागज गराएको छ । शिला अरुण चौधरीकी पत्नी हुन् ।

बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको कम्पाउण्डमा च्याम्पियन फुटवेर स्थापना गरेर जग्गा नीजिकरण गर्नुमा अरुणको मुख्य भूमिका रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को निष्कर्ष छ ।

चौधरी दाजुभाइका भिनाजु महेश अग्रवाललाई पनि सीआईबीले यसअघि कागज गराएको थियो । बाँसबारी प्रकरणमा अहिलेसम्म ३ जनाको बयान कागज र सांसद विनोद चौधरीसहित ४ जनालाई बयान लिइएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप