आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
बाँसबारी जग्गा प्रकरण

विनोद चौधरीका भिनाजुलाई पनि सीआईबीले गरायो बयान कागज

बिहीबार, ०८ चैत २०८०, १७ : ५४
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भिनाजुलाई पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले बयान कागज गराएको छ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा उनका भिनाजु महेश अग्रवाललाई बयान कागज गराएको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद चौधरीसँग प्रहरीले बिहीबार करिब ३ घण्टा बयान लिएको छ । उनका कान्छो भाइ अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई प्रहरीले माघ १८ मा पक्राउ गरेर बयान लिएको थियो ।

उनीहरू जिल्ला अदालतको आदेशले ‘हाजिर जमानी’मा रिहा भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप