बाँसबारी जग्गा प्रकरण
विनोद चौधरीका भिनाजुलाई पनि सीआईबीले गरायो बयान कागज
बिहीबार, ०८ चैत २०८०, १७ : ५४
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भिनाजुलाई पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले बयान कागज गराएको छ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा उनका भिनाजु महेश अग्रवाललाई बयान कागज गराएको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद चौधरीसँग प्रहरीले बिहीबार करिब ३ घण्टा बयान लिएको छ । उनका कान्छो भाइ अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई प्रहरीले माघ १८ मा पक्राउ गरेर बयान लिएको थियो ।
उनीहरू जिल्ला अदालतको आदेशले ‘हाजिर जमानी’मा रिहा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण