माओवादीले भन्यो– एमाले नआएपनि समाजवादी मोर्चा अगाडि बढ्छ (भिडियोसहित)
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले नेकपा एमाले नआएपनि समाजवादी मोर्चा अगाडि बढ्ने प्रतिक्रिया दिएको छ । सो पार्टीकी उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ एमाले नआएपनि मोर्चा कायम रहने बताएकी हुन् ।
शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल एमाले सहभागी नभएपनि मोर्चा कायम रहने बताइन् । उनले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने बताइन् । उनले समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै अहिले सत्ता समीकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुन नहुने बताइन् ।
उपाध्यक्ष भुसालले एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै वृहत हुनसक्ने बताइन् । उनले एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआएपनि आपसी असमझदारी हुन नहुने बताइन् ।
उनले भनिन्, ‘हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीले एकचोटी नेकपा(एमाले)का अध्यक्षसँग पनि छलफल गर्नुहुन्छ । त्यसपछि हामी संयुक्त मोर्चामा रहन पनि सक्छौँ । अथवा सरकारमा सहकार्य त हाम्रो छदै छ । त्यसले मोर्चाको कामलाई अगाडि बढाउँदा कुनै कन्फ्युजन नहोस् भन्नका लागि वातावरण बनाउनका लागि छलफल भएको हो । मोर्चा छ । यसको औचित्यता छ । आवश्यकता छ । यसमा अहिले सरकारमा भएका र नभएकाहरूको सहभागिता छ । तर एउटा वाम, समाजवादी हुनुको नाताले आउनुभयो भनेपनि(एमाले) ठिकै छ । तर नआएपनि हामी यो मोर्चालाई अगाडि बढाउँछौँ ।’
उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आबद्ध पार्टीहरूका बीचमा नीति, कार्यक्रमहरूमा सहमति बन्दै गएमा एकताको तहसम्म पुग्ने बताइन् । हाल मोर्चाले समाजवादको आधार तयार पार्ने र सो प्रकारको नीति, कार्यक्रम बनाउने उद्देश्य अनुरूप काम गरिरहेको उनले जानकारी दिइन् । मोर्चाले सरकारको नीति, कार्यक्रम र बजेटलाई समाजवादी बनाउनका लागि सल्लाह सुझाव पनि दिने उनको भनाई छ ।
उपाध्यक्ष भुसालले आम जनतालाई समाजवादको आन्दोलनमा संगठित साझा मोर्चाको रूपमा समाजवादी मोर्चा रहेको पनि बताइन् । उनले आगामी दिनमा वाम ध्रुवीकरण गर्दै देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने आधार तयार गर्नुपर्ने बताइन् ।
यसअघि शुक्रबारनै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी समाजवादी मोर्चामा सहभागी नहुने प्रतिक्रिया दिएका थिए । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि प्रतिक्रिया दिँदै ओलीले एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण