आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डलाई भेटेपछि ओलीले दिएनन् सकारात्मक प्रतिक्रिया

शुक्रबार, ०९ चैत २०८०, १५ : ३०
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको भेटवार्तापछि अध्यक्ष ओलीले एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् । 

सञ्चारकर्मीले दुई नेताबिच के विषयमा कुराकानी भयो ? भनेर गरेको प्रश्नमा ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा राम्रो कुराकानी भएको बताए । 

‘प्रधानमन्त्रीजीसँग राम्रो कुराकानी भयो समसामयिक विषयमा’, ओलीको भनाई छ । एमाले समाजवादी मोर्चामा सहभागी हुने हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीको जवाफ दिए, ‘होइन ।’ 

यसअघि शुक्रबार बिहान बसेको समाजवादी मोर्चाले एमालेलाई मोर्चामा सहभागी गराउन अध्यक्ष ओलीसँग छलफल गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप