राजनीति
प्रचण्डलाई भेटेपछि ओलीले दिएनन् सकारात्मक प्रतिक्रिया
शुक्रबार, ०९ चैत २०८०, १५ : ३०
काठमाडौँ । नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको भेटवार्तापछि अध्यक्ष ओलीले एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् ।
सञ्चारकर्मीले दुई नेताबिच के विषयमा कुराकानी भयो ? भनेर गरेको प्रश्नमा ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा राम्रो कुराकानी भएको बताए ।
‘प्रधानमन्त्रीजीसँग राम्रो कुराकानी भयो समसामयिक विषयमा’, ओलीको भनाई छ । एमाले समाजवादी मोर्चामा सहभागी हुने हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीको जवाफ दिए, ‘होइन ।’
यसअघि शुक्रबार बिहान बसेको समाजवादी मोर्चाले एमालेलाई मोर्चामा सहभागी गराउन अध्यक्ष ओलीसँग छलफल गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण