ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीको शुभारम्भ
बुटवल । ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीको शुभारम्भ गरिएको छ । रुपन्देहीको तिलोतमा २ जानकीनगरमा शुक्रबार एक समारोहका बिचमा माइक्रो इन्स्योरेन्सको लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले उद्घाटन गर्दै आर्थिक समृद्धिका लागि मुलुकमा रोजगारी सिर्जना गर्नुपर्ने उल्लेख गरे ।
उनले कृषि क्षेत्रलाई अगाडि बढाउन सकेमा सहजै समृद्धिको सपना पूरा हुने दाबी गरे। नेपालीहरूलाई बीमाको मूलधारमा ल्याउन जरुरी रहेको भन्दै लगानी सुरक्षितका लागि पनि बीमा अनिवार्य रहेको उल्लेख गरे।
नेपाल बिमा प्राधिकरण सञ्चालक सन्तोष रिजालले मुलुकको अर्थतन्त्रको एक खम्बा बीमा भएको भन्दै बाटोमा आउने चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने बताए ।
नेपाल बिमा प्राधिकरण सहनिर्देशक साम्भाराज लामिछानेले राम्रो कामका लागि प्राधिकरण सधैँ साथमै रहने बताए ।
प्राधिकरणका लुम्बिनी प्रमुख पूर्णबहादुर थापाले जनतालाई सरल सेवा सहज र दाबी भुक्तानी सहज बनाएर काम गर्न सुझाव दिए । संस्थाका अध्यक्ष जगत् पोखरेलले चुक्तापूँजी ७५ करोड रुपैयाँ रहेको ट्रस्ट माइक्रो इन्स्योरेन्सले निर्जीवन बीमाको काम गर्ने बताए ।
अध्यक्ष पोखरेलले बीमा कम्पनीलाई मुलुकै एक नम्बर बनाउने गरी काम हुने दाबी गरे । स्थानीय सरकार र प्रदेश हुँदै सङ्घीय सरकारसँग समन्वय गरेर रुपन्देहीलाई आर्थिक हब बनाउन चाहेको बताए ।
आफूहरूले आँटका साथ गरेको कामलाई सकारात्मक रूपमा सहयोग र प्रमोसन गरिदिन समेत आग्रह गरे । मध्यम वर्गका नेपाली, साना तथा मझौला व्यवसायीहरूलाई बीमाको मूल धारमा ल्याउने र उनीहरूको सम्पत्तिमा दैवी प्रकोप, आकस्मिक जन्य दुर्घटनाबाट हुने हानी, नोक्सानी, तथा जोखिमलाई न्यूनीकरण गर्न सघाउने उद्देश्यका साथ माइक्रो इन्स्योरेन्स कम्पनी सञ्चालनमा ल्याइएको पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण