आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आलोकश्रीले सार्वजनिक गरे ‘मेरो मुस्कान’

शनिबार, १० चैत २०८०, ११ : ३३
शनिबार, १० चैत २०८०

काठमाडौंँ । संगीतकार आलोकश्रीले नयाँ गीत ‘मेरो मुस्कान’ ल्याएका छन् । सञ्जु अधिकारीको शब्द रहेको गीतमा डेभिड शंकर र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

प्रेम जोडीले एकअर्काको प्रशंसा गरेको शब्दहरु समेटिएको गीत निकै कर्णप्रिय छ । गीत लिरिकल भिडियो निर्माण गरेर बाहिर ल्याइएको हो । गीत आफ्ना अघिल्ला गीतहरु जस्तै सबैको मनमा बस्न सफल हुने विश्वास संगीतकार आलोकश्रीको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप