रास्वपाले तीनवटै मोर्चा सम्हाल्दै छ : उपसभापति वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले आफ्नो पार्टीले तीन वटा मोर्चा सम्हालिरहेको बताएका छन् । आज वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले पार्टीले अहिले पार्टीले नेपाल सरकारको मोर्चामा रहेर काम गरिरहेको उनको भनाई छ । उनले शानदार इन्ट्रीका साथ नेपाल सरकारको मोर्चा सम्हालिरहेको समेत बताए । दोस्रो मोर्चाका रूपमा प्रतिनिधिसभामा सम्हालिरहेको र तेस्रो मोर्चाका रूपमा नेपाल राष्ट्रको मैदानमा समेत पार्टी रहेको वाग्लेले बताए ।
सरकारी मोर्चाको विषयमा बोल्दै दुई हप्तादेखि सम्हालिरहेको वाग्लेको भनाई छ । सरकारको मोर्चाको बारेमा धेरै विषय बिस्तारै खुल्दै गइरहेको भए पनि एउटा पक्षलाई रास्वपाको सरकार यात्रापछि छटपटी सुरु भइसकेको बताए ।
उनले २१ जना सांसद भएको राजनीतिक दल सरकार छाडेको ५ महिनापछि नै फेरी सरकारमा फर्किनु चानचुने नभएको बताए । उनले विगत ७० वर्षको लोकतान्त्रिक अभ्यासका क्रममा रास्वपाको जस्तो सरकारमा शानदार इन्ट्री गर्नका लागि ४०–५० वर्ष लागेको वाग्लेको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण