झण्डा हल्लाउँदै अख्तियारमा बयान दिनेले नै मेरो राजीनामा माग्दै रोष्टम घेरे : लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसको गतिविधि देखेर आफू छक्क परेको बताएका छन् । नेपालको राजनीतिमा ७० वर्षको इतिहास बोकेको राजनीतिक दलको पछिल्लो गतिविधि देखेर छक्क परेको बताएका हुन् ।
नेपाली कांग्रेसले आफ्नो राजीनामा माग गर्दै सांसद अवरुद्ध गरेकोप्रति उनको यस्तो टिप्पणी थियो । ‘अस्तिसम्म झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन जाने मन्त्री बोकेको कांग्रेस’ उनले भने, ‘आज कसैले दिएको बिना प्रमाणको उजुरीलाई लिएर राजीनामा मागिँदैछ ।’ उनले थपे, ‘उही झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन जाने सांसद नै मेरो राजीनामा माग्दै आएको देखिन्छ ।’
उनले आफू सरकारमा बस्दासम्म नैतिकता नचाहिने र अख्तियारले बयान माग्दा कांग्रेसले आफ्ना मन्त्रीलाई सरकारबाट निकाल्न नसकेको समेत बताए । लामिछानेले अख्तियारको फन्दामा परेका ती मन्त्रीलाई प्रधानमन्त्रीले निकाल्नुपरेको बताउँदै भने, ‘संसद्मा मेरो जवाफलाई सुन्ने धैर्यता पनि प्रतिपक्षीले लिएन ।’
यसैगरी संसद्मा बोल्न नदिएको कांग्रेसलाई गृहमन्त्री लामिछानेले खुला स्थानमा बहस गर्न तयार रहेको समेत बताए । ‘समितिमा र संसद्मा बोल्न दिनुभएन,’ उनले भने, ‘तर, तपाईंले रोजेको स्थानमा तपाईंका छानिएका व्यक्तिहरू राखेर मलाई बोलाउनुहोला । म एक्लै आउँछु ।’
यस्तै रवि लामिछानेसँग नेपाली कांग्रेसले लिने बयान वा बहस काठमाडौँ क्षेत्र नम्बर ४ मा गरिनुपर्ने माग समेत राखे । यो क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको क्षेत्र हो । त्यसैले सोही क्षेत्रमा कांग्रेसले बहसको आयोजना गरेर आफूलाई बोलाएमा उत्तम हुने लामिछानेको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
-
कास्की बन्यो पूर्ण खोप सुनिश्चितता जिल्ला घाेषणा
-
बागमतीको डिजिटल पीआईएस पोर्टल हस्तान्तरण, ६ हजार ८७१ कर्मचारी लाभान्वित हुने
-
‘स्त्री २’को सफलतापछि श्रद्धा कपुरले बढाइन् पारिश्रमिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण