सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छुट्टाछुटै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

शनिबार, १० चैत २०८०, १७ : १२
शनिबार, १० चैत २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दोलखाको गौरीशंकर गाउँपालिका-५ सामेली भोर्लेस्थित सडकमा सुरीबाट सिंगटीतर्फ जाँदै गरेको लु.३ त ९७०३ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ तिनेखु बस्ने २३ वर्षीय वुद्धिविर तामाङ र ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४३ वर्षीय अमृत तामाङको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सामुदायिक अस्तपाल सिंगटी हुँदै थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ ।

यसैगरी पर्साको वीरगन्ज महानगरपालिका-३० स्थित सडकमा रोकी राखेको बा.प्र.०३-००१ ख ०४०७ नम्बरको ट्रकमा प्र.३-६३००प ३९३८ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-२१ पटेलनगर बस्ने ४० वर्षीय केदार पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उता रौतहटको वृन्दावन नगरपालिका-८ हुसेनी चोकमा प्रदेश २-०३-००१ च १९१८ नम्बरको पिकअप गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-७ नयाँ बस्ती बस्ने २२ वर्षीय धर्मेन्द्र मल्लिकको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार अन्य १ जनाको अनामिका अस्पताल गरूडा हुँदै थप उपचारको लागि वीरगन्ज रिफर गरिएको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै नवलपरासी पश्चिमको बर्दघाट नगपालिका-९ भुताहास्थित सडकमा लु.७२ प ४२०३ नम्बरको स्कुटर र लु.४० प ५३५५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा स्कुटर सवार सरावल गाउँपालिका-१ बासा बस्ने २७ वर्षीय विक्रम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप